बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकाको शव आफन्तले बुझ्ने

 असोज १४, २०७७ बुधबार ८:५३:२९ | डीबी बिष्ट
unn.prixa.net

बझाङमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी बालिकाको शव आफन्तले बुझ्ने भएका छन् ।

गएराति अबेर पीडित पक्ष र प्रशासनबीच क्षतिपूर्तिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने र घटनाका बारेमा थप अनुसन्धान जारी राख्ने सहमति भएपछि परिवारले आज शव बुझ्ने निर्णय गरेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

सहमतिपछि पीडित पक्षले बालिकाको हत्या भएको एक हप्तापछि शव बुझ्न राजी भएका हुन् । बालिकाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का १८ वर्षका राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बालिकाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया