देशका धेरै ठाउँमा गर्मी बढ्दै

 फागुन ५, २०७७ बुधबार ८:४९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौको अधिकतम तापक्रम केही दिन यता २०  डिग्री सेल्सियस भन्दा माथि छ । आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौको न्युनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ । पश्चिमी वायुको केही प्रभाव रहेकाले पश्चिमी क्षेत्र र प्रदेश १ का केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने अनुमान छ । 
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया