बझाङ : विद्यार्थीमा रुघाखाेकी लाग्ने, ज्वराे आउने लक्षण देखिएपछि विद्यालय बन्द

 फागुन १३, २०७७ बिहिबार १५:४६:२६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – साइपाल गाँउपालिका ४ मा पर्ने धुली निम्न माध्यमिक विद्यालय आउँदाे आइतवारसम्मका लागि बन्द गरिएको छ । विद्यार्थीहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी सुख्खा हुने जस्ता लक्षण देखा पर्न थालेपछि विद्यालय आइतबारसम्मका लागि बन्द गरिएको साइपाल गाँउपालिका ४ की अम्रिता विकले बताउनुभयो । 

एकैदिन १५–२० जना विद्यार्थी बिरामी पर्न थालेको र त्यो लक्षण समुदायका अन्य व्यक्तिमा पनि देखिन थालेकाले विद्यालय व्यवस्थापन समितिको बैठकले गएको मङ्गलबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

विद्यार्थी र शिक्षक दुवैमा यस्तो लक्षण देखापरेको बताइएको छ । वडा नम्बर ४ को लाफडीका स्थानीयमा यो समस्या बढी देखा परेको र अहिले अन्य समुदायमा पनि देखिन थालेको जानकारी प्राप्त भएको छ । यस्तो लक्षण देखिएको चारदेखि पाँच दिनपछि भने निको हुने गरेको छ । 

वडा नम्बर ४ मा यस्तो समस्या भएको जानकारी पाएपछि साइपाल गाँउपालिकाले स्वास्थ्यकर्मीसहितको त्यहाँ पठाइएको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनुभयो । केही दिनअघि साइपाल गाँउपालिका १ र २ मा पनि यो समस्या देखिएको र अहिले निको भइसकेको उहाँको भनाइ छ । मौसम परिवर्तन हुन थालेका कारण मौसमी रुघाखोकीको आशङ्का गरिएको छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया