बझाङको तलकोट गाउँपालिकामा पानी ट्याङ्की फुट्दा दुई जनाको ज्यान गयो

 चैत २४, २०७७ मंगलबार १९:३०:५४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको तलकोट गाउँपालिकामा पानी ट्याङ्की फुटेर भएको घटनामा दुई जनाको ज्यान गएको छ । तलकोट गाउँपालिका वडा नम्बर १ चौडामा पानी ट्याङ्की फुटेर पानी तथा ट्याङ्कीको संरचनाले थिच्दा ५१ वर्षीय गोगल कुँवर र ४५ वर्षीया सुन्दरी देवी कुँवरको ज्यान गएको हो ।

सिँचाइका लागि निर्माण गरिएको पानी ट्याङ्की फुट्दा गोगल कुँवरको घटनास्थलमै र सुन्दरी कुँवरको सदरमुकाम चैनपुरमा उपचारका क्रममा ज्यान गएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्काले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत सेती नदीबाट लिफ्टिङ गरेर गाउँमा पानी ल्याइएको थियो  । ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत कार्य सम्पन्न गरिएको थियो । तर ट्याङ्कीको मर्मत राम्रोसँग नगरिएकाले घटना घटेकाे हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया