सुदूरपश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतली रोक्न सुरक्षाकर्मी खटिए : भीडभाड गरे कारबाही हुने

 बैशाख ११, २०७८ शनिबार १९:४२:१८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - सुदूरपश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतली रोक्न सुरक्षाकर्मी खटिएका छन् ।

जिल्ला प्रशासन कार्यालय बझाङले मेला रोक्न सुरक्षाकर्मी खटाएको हो । होली पूर्णिमादेखि सुरु हुने बान्नीकी चैतली मेला चैत्र शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ ।

हरेक वर्ष बझाङको छविस पाथिभरा गाउँपालिका वडा नम्बर ३ को बान्नी चौरमा मेला हेर्न दर्शनार्थी भेला हुने गर्छन् । यसवर्ष पूजाआराधना मात्रै गर्ने गरी व्यवस्थापन गर्न पालिकालाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

स्वास्थ्य मापदण्ड उलङ्घन गर्ने र मेलामा २५ जनाभन्दा बढी भीडभाड भए कारबाही हुने पनि उहाँले बताउनुभयो । यसवर्ष बान्नीकी चैतलीमा पूजाआराधना गर्नका लागी छविस पाथिभेरा गाउँपालिकाबाट रोजगारीका लागि भारत गएका धेरैजसो घर फर्किएका छन् ।

गएको वर्ष लकडाउन भएकै बेला मेला लागेको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया