नेपाललाई ५० लाख युआन बराबरको अतिरिक्त सहयोग गर्ने चीनकाे घाेषणा

 वैशाख १४, २०७८ मंगलबार १९:५२:१९ | रासस
unn.prixa.net

काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभएको छ । 

अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेश मन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मङ्गलवार (आज) सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनरुत्थानका लागि पनि क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताउनुभयो । 

सम्मेलनका क्रममा चीनको राज्य परिषद् सदस्य तथा विदेश मन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदान स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सम्मेलनमा सहभागी मन्त्रीले कोभिड–१९ को महामारीविरुद्ध लड्न, रोजगारी र नागरिककाे जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाउनुभएको पनि मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया