बझाङ : हिउँ परेपछि यार्सा सङ्कलन गर्न गएकाहरू गाउँ फर्कन थाले

 जेठ ९, २०७८ आइतबार १५:५३:८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा यार्सा सङ्कलन गर्ने ठाउँमा हिउँ परेपछि यार्सा सङ्कलकहरू गाँउ फर्कन थालेका छन् । वैशाखको पहिलो हप्ता यार्सा सङ्कलन गर्न लेक पुगेका स्थानीयवासी घर फर्कने क्रम बढेको त्यहाँका दिनेशबहादुर बोहराले बताउनुभयो । 

सुर्मा गाउँपालिकाको धाना, वारीकुण्ड चुवाबन, विरुओडार, पल्लो खोला, डाँडा, लेकी, धानसेरी, बुंगल नगरपालिकाको यार्सा सङ्कलन गर्ने सबै ठाँउमा हिमपातका कारण यार्सा सङ्कलन गर्न गएकाहरू घर फर्कन थालेका हुन् । 

तीन–चार दिन घर बसेर फेरि उनीहरू हिउँ पग्लन थालेपछि यार्सा सङ्कलन गर्न लेकतिर जाने बोहराले बताउनुभयो । 

गएका वर्षभन्दा यस वर्ष यार्सा सङ्कलनमा कमी आएको यार्सा सङ्कलन गर्न पुग्नुभएका सुर्मा गाँउपालिका १ का प्रेमबहादुर बोहराले बताउनुभयो । यस वर्ष समयमा नै पानी नपर्नु, हिमाली भेगमा हिमपात नहुनु तथा जलवायु परिवर्तनका कारणले पनि यार्सा सङ्कलनमा कमी आएको उहाँको भनाइ छ । 

२०६४ सालदेखि अहिलेसम्मका यार्सा सङ्कलकहरूको अनुभवका आधारमा बर्सेनि यार्सा पाउने क्रम घट्दै गएको छ । यार्सा पाइने ठाँउमा मानिसहरूको बाक्लो उपस्थिति हुनु र ती ठाउँमा विभिन्न प्लास्टिक, सिसा, जुत्ता, चप्पल, कपडा तथा फोहोरमैला बढेका कारण पनि यार्सा पाउने क्रम घटेको हो । 

यसको रोगथामका लागि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । यद्यपि यार्सा सङ्कलन गर्ने ठाँउमा फोहोरमैला नियन्त्रण गर्न बझाङकाे एक गैरसरकारी संस्था सहारा नेपालले पहल सुरु गरेको संस्थाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताउनुभयो । अहिले साइपाल गाउँपालिकाका यार्सा पाइने क्षेत्रमा सरसफाइको कार्यक्रम सुरु गरिएको बताउँदै उहाँले अहिले गाउँपालिकाकोे समेत सक्रियता जनाएको जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया