साइपालमा झाेलुङ्गे पुल बनेपछि आउजाउ र ढुवानी सहज

 साउन २५, २०७८ सोमबार १३:१३:१७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - २०६८ सालमा साइपाल गाउँपालिकाकी ३५ वर्षीया देवि बोहोराको थरौनिघाट खोलाले बगाएर ज्यान गयो ।

खोलामा काठेपुल (साँघु) हाल्ने क्रममा उहाँले ज्यान गुमाउनु भएको थियो । उहाँले मात्रै हैन यो खोलाले बगाउँदा चार/पाँच जनाले ज्यान गुमाए । थुप्रै पशु चौपाया मरे ।

पुल निर्माण भएपछि साइपाल

साइपालका–३ का प्रभात बोहाेरालाई पनि यही खोलाले बगाएर ५०–६० मिटर तल पुर्यायाे । ढुङ्गामा अड्किएर उहाँकाे ज्यान जोगियाे । अहिले खोलामा झोलुङ्गे पुल निर्माण भएपछि साइपाल गाउँपालिकाका बासिन्दालाई यो दुःखबाट छुटकारा मिलेको छ । 

बोहोरा भन्नुहुन्छ, 'चैनपुरबाट साइपाल फर्कने क्रममा खोलाले बगायो । झण्डै ६० मिटर जति बगाएपछि  ढुङ्गामा अड्किएँ र बाँचेँ । अहिले पुल निर्माण हुँदा निक्कै खुसी लागेको छ । यहाँका स्थानीयलाई ठूलो राहत मिलेको छ ।' 

खोलामा राखिएको काठेपुललाई हटाएर पूर्वाधार विकास कार्यालयले ५५ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेपछि स्थानीयलाई आवतजावतमा सहज भएको हो । 

पुल निर्माण हुनुअघि साइपालकाे अवस्था

झोलुङ्गे पुल बनेपछि साइपाल गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का नागरिकलाई खाद्यान्न ढुवानीसँगै आवतजावतमा सहज भएकाे गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो। ‘तीन वटै वडाको मुख्य नाकामा झोलुङ्गे पुल निर्माण भएको छ । आउजाउ र ढुवानीमा सहज हुने आशा छ । काँडा, न्युना र धलौनमा अब कहिल्यै खाद्यान्न अभाव हुँदैन भन्ने विश्वास छ’ उहाँले भन्नुभयो । 

विशेषत बर्खाको समयमा सुत्केरी महिला, बिरामीलाई अस्पताल लैजानुपर्दा गाउँका सबैको सहयोगमा खोला वारपार गर्नुपर्ने समस्या अन्त्य भएको गाउँपालिका-३ का वडा अध्यक्ष जंगवीर बोहाेराले बताउनु भयाे ।

बोहोरा भन्नुहुन्छ, ‘सुत्केरी महिलालाई रेफर गरेर चैनपुरसम्म लैजानु परे खोला तार्नकै लागि गाउँका सबैजना जम्मा हुनुपर्थ्यो । अब यो समस्याबाट तीन वटै वडाका नागरिकहरुलाई छुटकारा मिलेको छ।'

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया