बुवाको स्मृतिमा विद्यालयलाई ४ कोठे पक्की भवन हस्तान्तरण

 मंसिर १५, २०७८ बुधबार १२:३३:१८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बुवाको स्मृतिमा बझाङका साजेनकुमार मल्लले विद्यालयको लागि भवन निर्माण गरि हस्तान्तरण गर्नुभएको छ । 

भौतिक अवस्था कमजोर भएका कारण केदार स्युँ गाँउपालिकामा रहेको शिक्षोदय माविका प्रा.वि. तहका छात्र छात्राहरु खुल्ला चौरमा पढ्न बाध्य थिए । चर्को घाम र पानी तथा हावाहुरी लागेको समयमा पनि  २।३ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई एउटै कक्षा कोठामा जम्मा गरेर पठन पाठन गर्नु पर्ने बाध्यता थियो । लामो समय सम्म विद्यालय भवनको माग गर्दै स्थानीय सरकार, प्रदेश सरकार देखि संघीय सरकार सम्म माग राखे पनि सुनुवाइ भएको थिएन ।

तर अहिले भवन बनेपछि विद्यार्थी, शिक्षक र अभिभावक सबै खुसी भएका छन् । साजेन कुमार मल्लले बुवा स्व.मोहनबहादुर मल्लको सम्झनामा २२ लाख ८५ हजार रुपैयाँको  व्यक्तिगत लगानीमा ४ कोठे पक्की पवन निर्माण गरी दिएपछि पठन पाठनमा सहजता आएको हो ।

मल्ल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुनुहुन्छ । शिक्षोदय माविका निमित्त प्रध्यानाध्यापक धुर्वबहादुर कँुवरले विद्यालयलाई नयाँ भवन उपलब्ध भएपछि प्राथमिक तहका छात्र छात्राहरुलाई अध्यापन गराउन निकै सहज हुने बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया