फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : केही ठाउँमा हल्का पानी पर्ने

 माघ ४, २०७८ मंगलबार ७:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यो प्रणालीका कारण आज केही ठाउँमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठकाअनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ भने देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । पहाडी क्षेत्रमा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।

यस्तै, तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु, कुहिरो लागेको छ ।

आज दिनभर जस्तै हुस्सु लाग्ने अनुमान गरिएको छ । पारिलो घाम नलाग्दा देशभरको अधिकतम तापक्रम घट्न  थालेको छ । यसले चिसो बढाएको छ । अहिले नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको असर आजैदेखि हट्ने भए पनि फेरि अर्को प्रणाली आउने सम्भावना रहेकाले दुई-तीन दिनको मौसम यस्तै रहने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार आजदेखि पश्चिमी वायुको अर्को प्रणाली नेपाल प्रवेश गर्ने अनुमान छ । यसपालिको हिउँदमा ठूलो वर्षा नभए पनि पश्चिमी वायुको प्रभावका कारण मौमस बद्ली भइरहेको छ । 
 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया