धेरै ठाउँको मौसम धुम्म : काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

 माघ ६, २०७८ बिहीबार ७:३३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बादल लागेको छ भने तराईलगायतका केही ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ ।

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । बिहान काठमाण्डौको एयरपोर्ट र त्यस आसपास क्षेत्रमा फाट्टफुट्ट पानी परेको छ । अरु ठाउँमा पनि हल्का  पानी  पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

आज र भोलि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

दिउँसोको समयमा घाम देखिए पनि पारिलो घाम नलाग्ने भएकाले चिसो बढ्ने सम्भावना छ ।

यस्तै, आज राति पनि प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।  
 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया