पर्सिसम्म नै मौसम धुम्मिने, आज पनि हल्का वर्षा र हिमपातकाे सम्भावना

 माघ ७, २०७८ शुक्रबार ७:२२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रका धेरै ठाउँमा सिमसिम पानी पर्ने मौसमविद्ले बताएका छन्  ।

मौसविद् शान्ति कँडेलकाअनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने छ  ।

आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । दिउँसाे केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।अहिले प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ ।

यस्तै, राति पनि देशका एक/दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् ।

हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ । अधिकतम तापक्रम अझै घट्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मौसम बद्ली भइरहेकाले न्यूनतम तापक्रम भने घटेको छैन । तर अधिकतम तापक्रम घट्दा पनि चिसो बढ्छ ।

काठमाण्डौको हिजोको अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । यस्तै, डडेलधुराकाे ६ दशमलव ५, जुम्लाको ९ दशमलव ५, ओलखढुङ्गाको १३ डिग्री सेल्सियस, नेपालगञ्जकाे १४ डिग्री सेल्सियस, सिमराको १५ डिग्री सेल्सियस र वीरेन्द्रनगरको १५ दशमलव ७ डिग्री सेल्सियसमा अधिकतम तापक्रम घटेको छ ।
 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया