पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा, काठमाण्डौमा पनि पानी पर्ने सम्भावना

 माघ १०, २०७८ सोमबार ७:२७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का पानी परिरहेको छ । पश्चिमी क्षेत्रको मौसम पूर्णरुपमा बद्ली भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली भएको हो ।

यस्तै यी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । आज अन्य क्षेत्रको मौसम पनि सामान्यतया बद्ली हुने मौसमविद् कँडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आज काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । केही दिनयता लगातारजसो मौसम बद्लीसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । यसले चिसो बढाएको छ ।

आज राति पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो । भोलि भने आजको भन्दा मौसममा केही सुधार आउने मौसमविद्को अनुमान छ । तर, पूर्णरुपमा मौसम खुल्न समय लाग्ने उनीहरुले बताएका छन् ।

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया