स्याङ्जा जीप दुर्घटना अपडेट : मृतक पाँच जनाकाे पहिचान खुल्यो

 बैशाख ४, २०७९ आइतबार १३:२९:५४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने पाँच जनाकाे पहिचान खुलेकाे छ । वालिङ नगरपालिका-१२ सिर्सेकोटबाट वालिङ-१३ को बायाँटारीका लागि छुटेकाे ग १ ज ७३९९ नम्बरकाे जीप वालिङ-१२ को फिरफिरेमा दुर्घटनामा परेकाे हाे । 

दुर्घटनामा वालिङ नगरपालिका-१२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, ४५ वर्षका हिराकुमार डाला, २५ वर्षकी शर्मीला सारु, उहाँका ७ महिनाका छोरा गौरव सारु र वालिङ नगरपालिका-१४ की ६१ वर्षकी कुलकुमारी कनौचे रहेका प्रहरीले जनाएकाे छ । दुर्घटनामा परि चार जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा ६० वर्षका अङ्गबहादुर डाला, ५७ वर्षका दलबहादुर डाला, ५५ वर्षकी मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, १९ वर्षकी लक्ष्मी डाला र १८ वर्षकी नविना सारु रहेका जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।

घाइते ६ जनालाई उपचारका लागि पोखरा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयाे । जीपमा ११ जना यात्रु थिए। 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया