मध्य र पश्चिम तराईमा तातो हावा, विशेष बुलेटिन निकाल्दै महाशाखा

 वैशाख ११, २०७९ आइतबार ८:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मध्य र पश्चिम तराईमा लगातार तातो हावा चलिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाका अनुसार केही दिनयता मध्य र पश्चिम तराईमा बिस्तारै तातो हावा चल्ने र तापक्रम बढ्ने क्रम चलिरहेको छ ।

पश्चिमी वायुको प्रभाव र यी क्षेत्रका धेरैजसो ठाउँमा डढेलो लागेकाले तातो हावा चल्न थालेको उहाँले बताउनुभयो । कञ्चनपुर, कैलाली, नेपालगञ्ज, दाङ, कपिलवस्तु, भैरहवा लगायत जिल्लामा तातो हावा चल्ने क्रम बढेको छ ।

आउँदो बुधवार र बिहीवारसम्म नै यी जिल्लामा तातो हावा चल्ने अनुमान गरिएको मौसमविद् सापकोटाले जानकारी दिनुभयो । तातो हावासँगै तापक्रम पनि बढिरहेकाले मध्य र पश्चिम तराईको जनजीवन कष्टकर हुन थालेको छ ।

मौसमविद्ले सकेसम्म दिउँसोको समयमा घर बाहिर ननिस्कन आग्रह गरेका छन् । आउँदो बुधवार र बिहीवारपछि भने हल्का पानी पर्ने र तापक्रम केही घट्ने अनुमान गरिएको छ । यस्तै, यस विषयमा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै निकालेर जानकारी गराउने भएको छ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया