काठमाण्डौमा हल्का वर्षा, दिउँसाे देशका धेरै ठाउँमा पानी पर्ने

 वैशाख २३, २०७९ शुक्रबार ७:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ ।

आज दिउँसाे पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार  आज राति पनि वाग्मती, गण्डकी र प्रदेश-१ का पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान छ ।

भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । भोलि पनि पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान छ ।

मौसमविद् हिरा भट्टराईका अनुसार नेपालमा अहिले स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ ।  
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया