देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा, राति केही ठाउँमा ठूलो पानी पर्ने

 असार २०, २०७९ सोमबार ७:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार आज पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन ।

पानी पर्दै रोकिने क्रम चल्ने महर्जनले बताउनुभयो । यस्तै, आज राति भने देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् महर्जनले जानकारी दिनुभयो । आज गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो ।

धेरैजसो पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान गरिएको छ । यसैबीच, काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । लगातार झरी नपरेको र पानी पर्दै घाम चर्किँदै गरेकाले गर्मी बढेको मौसमविद्को भनाइ छ। आज भने हिजो अस्तिको जस्तो घाम चर्किने सम्भावना नरहेकाले केही गर्मी कम हुने अनुमान छ ।
 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया