आज पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने

 असार २१, २०७९ मंगलबार ७:३८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनुसनी गतिविधि पश्चिमी क्षेत्रमा थप सक्रिय भएको छ । यसले गर्दा पश्चिमी क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, प्रदेश-१ र मधेस प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ भने वाग्मती, प्रदेश १ र मधेस प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली छ ।
 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया