काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह

 साउन ५, २०७९ बिहीबार ६:४८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाले पछिल्लो दुई घण्टामा ललितपुरको गोदावरी र आसपास लगायत काठमाण्डौ उपत्यकाका केही ठाउँमा भारी वर्षा भएको जनाएको छ ।

गोदावरी खोला, हनुमन्ते खोलालगायत नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । यी क्षेत्रका खोला किनारमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै सिन्धुपाल्चोक मेलम्चीको नकोटे र आसपासमा पनि भारी वर्षा मापन भएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह  १ दशमलव ५ मिटरले बढेको छ ।

साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले आज बिहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ । आज पनि देशका पहाडी भू–भागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र प्रदेश-१ का एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया