आज राति गण्डकी र प्रदेश-१ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान

 साउन ९, २०७९ सोमबार ८:१५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गएरातिदेखि पहाडी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ ।

काठमाण्डौ उपत्यका, प्रदेश-१ र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।

राति पानी परेका केही ठाउँमा भने अहिले पानी पर्न रोकिएको छ । अहिले पानी परिरहेका ठाउँमा पनि केहीबेरमा पानी रोकिने र दिउँसोपछि फेरि पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

यस्तै, राति भने प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । राति बाढी पहिरोको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसविद्को आग्रह छ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया