गुल्मीको सदरमुकाम तम्घासमा दुई दिनदेखि विद्युत् सेवा ठप्प : फोनमा समेत समस्या

 असोज २१, २०७९ शुक्रबार १२:३५:३६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा दुई दिनदेखि विद्युत् सेवा ठप्प छ । जनजीवन प्रभावित बनेको छ ।

तम्घासको पुतली बजारमा रहेको ट्रान्सफर्मर माथिबाट पहिरो गइ ठूलो क्षति गरेको छ । हिजो बिहानैदेखि बिजुलीको आपूर्ति बन्द छ ।

रेसुंगा नगरपालिका कार्यालय भवन नजिकबाट पहिरो खसेपछि ३३ केभी मुख्य लाइनको ट्रान्सफर्मरमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख इश्वर श्रेष्ठले बताउनुभएको छ ।

पहिरोका कारण नगरपालिका भवन र नेपाल पत्रकार महासंघको कार्यालय भवन समेत थप जोखिममा परेका छन् ।

पहिरोले नेपाल टेलिकमको अप्टीकल फाइबर समेत काटिएको कारण सदरमुकाममा धेरैजसो ल्याण्डलाइन टेलिफोन सेवा प्रभावित भएका छन् । बन्द विद्युत् आपूर्तिका लागि मर्मत भैरहेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया