गुल्मीमा कांग्रेसका ४ जनाले उम्मेदवारी फिर्ता लिए

 असोज २६, २०७९ बुधबार १६:४९:३९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा नेपाली कांग्रेका चार जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाको क्षेत्र नं. १ अन्तर्गत प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएका कमल भुसालले उम्मेदवारी फिर्ता लिनुभएको हो । 

त्यसैगरी उम्मेदवारी फिर्ता लिनेहरूमा क्षेत्र नं. १ अन्तर्गत (क) प्रदेश सभा सदस्यका उम्मेदवार किरण शाह र १ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार रामचन्द्र कँडेलले उम्मेदवारी फिर्ता लिनुभएको हो ।  

गुल्मीको क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएका नरेन्द्र अर्यालले पनि उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत वसन्तराज शिवबहादुर थापाले जानकारी दिनुभयाे । उहाँहरूले निर्धारित समयभित्र आज बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हाे । 

चारै जनाले वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया