नवलपरासीकाे सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको ज्यान गयाे

 कात्तिक १५, २०७९ मंगलबार ६:३५:३७ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी पश्चिम सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । नवलपरासीकाे सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेकाे नारायणी नदीको भङ्गालोमा डुङ्गा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुङ्गा दुर्घटनामा परि  सुस्ता गाउँपालिका –४ गोकुल नगर बस्ने २२ वर्षीय गुड्ड हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको ज्यान गएको हो । दुर्घटनामा परि २२ वर्षका किशोर हरिजन र १५ वर्षीय सोहित सहानी घाइते भएका छन् । घाइतेहरूको शहीद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डे बताउनुभयो । 

हिजाे सोमवार दिउँसाे डुङ्गा दुर्घटना भएको हो । डुङ्गा पल्टिएर पाँच जना डुबेपछि उद्धार गरी चौपत्ता अस्पताल पुर्याइएकोमा तीन जनाको उपचारका क्रममा सोमवार राति ज्यान गएकाे प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

सुस्ता गोकुल नगरका युवाहरू नर्सही नजिक पटनहियामा पिकनिक खान गएका थिए । पिकनिक खाएर फर्किने क्रममा डुङ्गा दुर्घटनामा परेको हो । ७ जना पिकनिक खान गएकोमा दुई जना भने मर्चहवा गाउँतर्फको बाटो हुँदै घर फर्किएको पाण्डेले जानकारी दिनुभयो । पाँच जना भने नारायणीको भङ्गालो हुँदै डुङ्गामार्फत फर्किँदा दुर्घटनामा परेका हुन् ।   

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया