शैक्षिक सुधार गर्न वर्षभरिलाई पुग्ने गरी विद्यार्थीलाई कापी वितरण

 कात्तिक १९, २०७९ शनिबार १४:११:२० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडाभित्र रहेका कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई वर्षभरि पुग्ने कापी वितरण गरेको छ ।  

वडा नम्बर १ मा रहेका ८ वटा विद्यालयमा अध्यनरत एक सय ८२ जना बालबालिकालाई कापी वितरण गरेको हो । वडामा ७ वटा सामुदायिक र एक निजी गरी ८ वटा विद्यालय छन् । निजी विद्यालयको नर्सरीमा अध्ययनरत बालबालिकालाई मात्रै उत्तर पुस्तिका वितरण गरिको वडा नम्बर १ का वडा अध्यक्ष करनजंग बहादुर सिंहले बताउनुभयो । 

वडाको शैक्षिक सुधार गर्ने उद्येश्यअन्तर्गत कापी वितरण गरिएको हो । वडाध्यक्ष सिंहका अनुसार आर्थिक वर्ष २०७९/८० को बजेटबाट विनियोजित २ लाख ५० हजार रुपैयाँकाे कापी खरिद गरिएको हो । कापी विद्यालयका प्रध्यानाध्यापकहरुको जिम्मा लगाइएकाे  छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया