एमालेका विष्ट र एकीकृत समाजवादीकी झाँक्रीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

 मंसिर ५, २०७९ सोमबार १७:१४:६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेकपा एमालेका सचिव गोकर्णराज विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको उम्मेदवारी रहेको गुल्मी क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

ईस्मा गाउँपालिका १ अन्तरगत हिमालय मावि केन्द्रबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयो ।

मत गणना कसरी गर्ने भन्ने विषयमा   जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेपछि गणना सुरु गरिएको हो  । 

सर्वदलीय बैठक बस्न ढिलाइ भएका कारण मत गणना गर्न  ढिलाइ भएको थियो । गुल्मी क्षेत्र नम्बर–२ मा १ लाख ४ हजार ३ सय २७ मतदाता मध्ये ५८ हजार ७ सय ७३ मत खसेको छ ।

गुल्मी  २ मा सत्ता गठबन्धनको तर्फबाट रामकुमारी झाँक्री र एमालेको तर्फबाट गोकर्णराज विष्ट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।   

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया