चितवन २ मा रवि लामिछानेकाे अग्रता सुरु, १०० मत गन्दा ८८ मत ‘घण्टी’ मा

 मंसिर ६, २०७९ मंगलबार १४:४६:१५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिन थाल्नुभएको छ ।

हिजाे सोमवारदेखि मतगणना सुरु भएदेखि पछि परिरहनुभएका रवीले आज मङ्गलवार दिउँसोदेखि अग्रता बनाउन थाल्नुभएको हो । ताजा परिणामअनुसार उहाँले ४ हजार ७ मत ल्याउनुभएको छ ।

यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया