आइएमई पेबाट ४ ओटा एअरलाइन्सकाे रिफन्डेबल टिकट काट्न मिल्ने

 चैत २३, २०७९ बिहिबार ११:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” चार ओटा एअरलाइन्सकाे रिफन्डेबल टिकट काट्न मिल्ने भएकाे छ । आइएमई पे ले ल्याएको रिफन्डेबल एअरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई  रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने आइएमई ग्रुपले जनाएकाे छ । 

पछिल्लो समयमा आइएमई पेले ल्याएको रिफन्डेबल एअरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरे सँगै विभिन्न एअरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उद्देश्यले आइएमई पे सँग जोडिने प्रकृया सुरु भएको छ । यसै क्रममा आइएमई पे मार्फत श्री एअरलाइन्स, सौर्य एअरलाइन्स, बुद्ध एअरलाइन्स र यती एअरलाइन्सको टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन् । 

ग्राहकहरुले आइएमई पेबाट सुपथ मुल्यमा उच्चतम क्यासब्याकका साथ एअरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पुर्ण मूल्य रिफन्ड पनि पाउन सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया