ट्विटरले हटाउन थाल्यो पैसा नतिर्नेको ‘ब्लु टिक’

 बैशाख ८, २०८० शुक्रबार ८:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सामाजिक सञ्जाल ट्विटरमा पैसा नतिर्ने प्रयोगकर्ताहरूको भेरिफिकेसन चेक मार्क (ब्लु टिक) हट्न थालेको छ । ट्विटरले चर्चित राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिसँगै मिडियाहरूको पनि ‘ब्लु टिक’ हटाउन थालेको हो ।

यसअघि ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरुको अकाउन्टलाई निःशुल्क ब्लु टिक प्रदान गरेको थियो । तर एलन मस्कले ट्विटर किनेपछि कम्पनीले भेरिफाइड अकाउन्टबाट ब्लु टिक हटाएर शुल्क तिर्न दबाब बढाएको हो । 

मस्कले ९ दिनअघि २० अप्रिलपछि पैसा नतिर्ने अकाउन्टको ब्लु टिक हट्ने भन्दै ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने बताएका थिए । ब्लु टिकका लागि प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने व्यवस्था छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया