नेपालमा उत्पादित गाडी दर्ताको लागि निर्देशिका संशोधनको काम चल्दै

 बैशाख १४, २०८० बिहिबार ९:३२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा उत्पादित गाडीको दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता समाधान गर्न सरकारले निर्देशिका संशोधनको काम अघि बढाएको छ ।

सकभर आजै निर्देशिका संशोधनको मस्यौदा तयार हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले निर्देशिका संशोधनको मस्यौदा तयार गरेर मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषद्ले निर्देशिका पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि नेपालमा उत्पादन भएका गाडीले दर्ताको अनुमति पाउनेछन् ।

यसअघि गएको आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा बसेको बैठकले तीन दिनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६०’ मा आवश्यक संशोधन गर्ने र थप छलफल गरी सात दिनभित्र मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको थियो ।

यस विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल पनि गरिसकेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उत्पादन हुने वस्तु तथा सेवालाई सहजरूपमा उत्पादनको नीतिगत व्यवस्थाका साथै प्रोत्साहनमुखी वातावरण तयार गर्न मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो ।

यात्री लगायत कम्पनीले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादन भएका गाडीको परीक्षण पनि भइसकेको छ । तर प्रज्ञापनपत्रको अभावमा दर्ता हुन सकेका छैनन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया