भोलिदेखि एमडीएमएस पूर्णरुपमा लागू हुने : विदेशबाट ल्याइएका मोबाइल आफैँले दर्ता गर्न सकिने

 बैशाख ३१, २०८० आइतबार ८:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भोलिदेखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई  व्यवस्थित गर्न भोलि जेठ १ गतेदेखि एमडीएमएस पूर्ण रुपमा लागू हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । एमडीएमएस भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।

नेपाल सरकारको ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले राहदानी र नागरिकता वा बोर्डिङ पास कागजात प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि प्राधिकरणको वेबसाइट (एमडीएमएस डट एनटीए डट जीओभी डट एनपी ) मा जानुपर्नेछ ।

नेपाल भित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ । यसअघि नै लागू हुने भनिएको यो प्रणाली कार्यान्वयनमा आउन सकेको थिएन ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेसँगै एमडीएमएस लागू हुन लागेको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Skr pandey

    May 17, 2023, 11:32 a.m.

    भन्सार कति लाग्छ ? भन्सार लिन हो नि यो सबै गरेको?

  •  0 Reply

तपाईको प्रतिक्रिया