गुल्मीमा पहिराे जाँदा कालीगण्डकी करिडोर र रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध

 असार १६, २०८० शनिबार १५:४५:१ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल तस्बिर

गुल्मी - लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको रुद्रवेणी–वामीटक्सार र कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ ।

रुद्रवेणी–वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका-५ को बाँदरे भिर र ६ को डहरेमा पहिरो खसेपछि आज बिहानदेखि याे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

त्यसैगरी वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोर पनि बिहानैदेखि अवरुद्ध भएको छ । याे सडक अन्तर्गत कालीगण्डकी गाउँपालिकाको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । 

अवरुद्ध सडक सञ्चालनका लागि गाउँपालिकाहरुले प्रयास गरे पनि वर्षा नरोकिएका कारण पहिरो हटाउन समस्या परेको बताइएको छ । त्यसैगरी आज बिहानदेखि अवरुद्ध बनेको रिडी–तम्घास सडक खण्ड भने केही समय अघिदेखि सञ्चालनमा आएकाे इलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरीक्षक ओमबहादुर भलामीले जानकारी दिनुभयाे । 

लगातारको वर्षाका कारण खोला तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरोग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ ।

वर्षा भइरहेको समयमा मानिसहरुलाई लामो तथा छोटो दूरीको यात्रा नगर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आग्रह गर्नु भएको छ । वर्षाका कारण कतिपय ठाउँमा सडक भासिएको र सडक माथिबाट पहिरो खसेका कारण जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण सडकहरु समेत अवरुद्ध भएका छन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया