ट्वीटरमा नयाँ नियम : नयाँ अकाउन्टबाट दैनिक पाँचसय ट्वीट मात्रै पढ्न पाइने

 असार १७, २०८० आइतबार १०:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामाजिक सञ्जाल ट्वीटरका मालिक एलोन मस्कले ट्वीटरमा पढ्न पाउने ट्वीटको संख्या सीमित गर्ने घोषणा गर्नुभएको छ ।

मस्कका अनुसार अब भेरिभाइड ट्वीटर अकाउन्टबाट दिनमा १० हजार वटा ट्वीट पढन पाइनेछ ।

यस्तै भेरिफाइड नभएका अकाउन्टबाट दिनमा एक हजार र नयाँ ट्वीटर अकाउन्टबाट दैनिक पाँच सयका दरले ट्वीट पढ्न पाइनेछ ।

मस्कले ट्वीट पढ्न पाउने संख्यालाई पटक पटक संशोधन गर्नुभएको छ । शुरुमा शनिवार दिउँसो उहाँले भेरिफाइड अकाउन्टबाट दैनिक ६ हजार पोष्ट मात्र पढ्न पाइने बताउनुभएको थियो ।

त्यस्तै, अनभेरिफाइड अकाउन्टबाट प्रतिदिन ६ सय र नयाँ खाताबाट ३ सय वटा मात्रै ट्विट पढ्न पाइने उहाँको भनाइ थियो ।

तर केहीबेरमा अर्को ट्वीट गर्दै उहाँले भेरिफाइड अकाउन्टबाट ८ हजार, अनभेरिफाइड अकाउन्टबाट ८ सय र नयाँ प्रयोगकर्ताले ४ सय वटा मात्रै ट्वीट पढ्न पाउने उल्लेख गर्नुभयो ।

अन्तमा मस्कले भेरिभाइड ट्वीटर अकाउन्टबाट दिनमा १० हजार, भेरिफाइड नभएका अकाउन्टबाट एक हजार र नयाँ ट्वीटर खाताबाट दैनिक पाँच सयका दरले ट्वीट गर्न पाइने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया