क्लासिक टेकले मनायाे स्थापनाको चौधौँ वार्षिकोत्सव

 साउन १२, २०८० शुक्रबार १३:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्टरनेट  सेवा  प्रदायक  कम्पनी क्लासिक  टेक  प्रालिले चौधौँ वार्षिकोत्सव मनाएको छ । सन्  २००९ देखि सेवा  शुरु  गरेको  यस  कम्पनीले स्थापनाकाे १४ वर्ष पूरा गरेकाे हाे । कम्पनीले अहिले  देशभरिका  ७४  जिल्लामा १००  वटाभन्दा बढी आउटलेटबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

१४औँ वार्षिकोत्सवको  अवसरमा  ५०, ७५, १००, २०० र ३०० एमबीपीएस इन्टरनेट अत्यधिक  छुटमा  वितरण गरिने कम्पनीले जनाएकाे छ । 

कम्पनीले ग्राहककाे सुविधाका लागि आफ्नै सीडीएन सर्भर  जडान गरी फेसबुक, युट्युब , नेटफ्लिक्स, गुगल , अकमाई जस्ता  सामाजिक  सञ्जालहरुमार्फत्  गुणस्तरीय तथा  भरपर्दो सेवा  प्रदान  गरिरहेकाे छ ।  क्लासिक  टेकले विराटनगर  र  काठमाण्डौमा डाटा ब्याकअप सेन्टर समेत स्थापना गरेको  छ  । 

सेवा  विस्तारको  माध्यमबाट दुर्गम  ग्रामीण  इलाकामा  पनि  सुपथ  मूल्यमा गुणस्तरीय  सेवा  प्रदान  गर्ने  लक्ष्य  रहेको कम्पनीले जनाएकाे छ । डूअल ब्याण्ड राउटर र आईपीटीभी जस्ता  प्रविधिको  प्रयोगबाट  सेवामा  थप  गुणस्तरीयता  थपिएको  कम्पनीकाे दाबी छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया