हत्या अभियोगमा प्रदेश सभा सांसद अनिरुद्धप्रसाद सिंह पक्राउ

 भदौ १८, २०८० सोमबार १७:५५:१५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरी क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन ।  

सिंहलाई सप्तरी सदरमुकाम राजविराजबाट पक्राउ गरिएको हो ।

२०६४ सालमा भएको एउटा हत्याको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी फरारको सूचीमा थिए।

सिंहको निर्देशनमा खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो ।

तत्कालिन बोदे बर्साइन गाविस–४ बाट २०६४ साल असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्‍याइ पाँचवटा गोली हानी उनको हत्या गरिएको थियो।

यस विषयमा जाहेरी परेपछि अदालतमा बयान दिन समेत नगइ यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

फरार रहेकै अवस्थामा उनी २०७९ साल मंसिर ४ गते भएको  प्रदेश सभा चुनावमा आफैँ मनोनयन दर्ता देखि लिएर प्रचारप्रसारमा सहभागी भएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरेन।

मृतककी दिदी धनगढी गाविस–३ की  रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ साल असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी जाहेरी दिनु भएको थियो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया