राम्रोसँग निद्रा नपर्ने व्यक्तिको सोच्ने–सम्झने क्षमता घट्ने : अध्ययन

 माघ १२, २०८० शुक्रबार १५:१४:५ | एजेन्सी
unn.prixa.net

राम्रोसँग निद्रा नपर्ने व्यक्तिमा मस्तिष्कको सोच्ने–सम्झिने क्षमतामा असर पुग्न सक्ने एक अध्ययनले देखाएको छ ।

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को स्नायुविज्ञान विभागको नेतृत्वमा भएको अध्ययनले भारतमा १० मध्ये एक व्यक्ति राम्रोसँग निद्रा नलाग्ने समस्याबाट प्रभावित रहेका र त्यस्ता व्यक्तिमा मस्तिष्कको कार्यक्षमतामा असर पुग्ने गरेको देखाएको हो ।

राम्रोसँग निद्रा नपर्ने समस्या भएका मानिसहरूको मस्तिष्कको कार्यक्षमता निद्राको समस्या नभएका मानिसहरूको तुलनामा कम पाइएको एम्सको स्नायुविज्ञान विभागका प्रमुख डा. कामेश्वर प्रसादले बताउनुभयो । रातिमा पटक–पटक बिउँझिने समस्या निद्रामा श्वासप्रश्वास राम्रोसँग नहुनुका कारण देखिन्छ । निद्रा पूरा नहुँदा शरीरमा असर पुग्ने र दैनिकीमा पनि प्रभाव पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै घुर्ने समस्याले पनि निद्रामा असर गरेको पाइएको छ । घुर्नबाट रोक्न तौलमा नियन्त्रण राख्न र सुत्नुअघि नाक सफा गर्न विज्ञहरूको सुझाव छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया