श्रीलङ्काले ४५ दिनमा पर्यटनबाट ७ अर्ब रुपी कमायो

 फागुन ६, २०८० आइतबार १५:१०:३० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

श्रीलङ्काले यस वर्षको पहिलो ४५ दिनमा पर्यटनबाट सात अर्ब रुपी अर्थात् लगभग २२ दशमलव ४ मिलियन अमेरिकी डलर कमाएको छ ।

श्रीलङ्काको सरकारी सञ्चारमाध्यम 'सन्डे अब्जर्भर' का अनुसार पर्यटनबाट ४५ दिनमा कमाएको यो रकम अहिलेसम्मकै धेरै हो । अहिले श्रीलङ्कामा दैनिक नाै हजार जना पर्यटक पुगिरहेका खबरमा उल्लेख छ ।

४५ दिनमा तीन लाख छ हजार सात सय जना पर्यटक पुगेका छन् । श्रीलङ्का जाने पर्यटकमध्ये सबैभन्दा धेरै भारत, अस्ट्रेलिया, चीन, भारत र रुसका रहेका छन् ।

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा श्रीलङ्कामा झन्डै १५ लाख जना पर्यटक पुगेका थिए । आर्थिकरूपमा टाट पल्टिएको श्रीलङ्कामा पछिल्लो समय पर्यटक ओइरिन थालेका छन् । आउँदो वर्षसम्म श्रीलङ्काले वार्षिक २५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया