सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान

 फागुन २३, २०८० बुधबार ६:५४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । गएराति ९ देखि १० बजेसम्म एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायरलगायतको समस्या देखिएको थियो ।

नेपाल र भारतलगायत विश्वका धेरै देशमा फेसबुक र इन्स्टाग्रामका एप र वेबसाइटहरू झण्डै एक घण्टा डाउन भएका थिए । मेटाका फेसबुक र इन्स्टाग्राम एप नचल्ने समस्या नेपालमा मात्र नभइ विश्वभर देखिएको प्रयोगकर्ताले ट्विटरलगायतका अन्य सामाजिक सञ्जालमा गुनासो गरेका थिए ।

सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले यस्तो गुनासो गरे । प्रयोगकर्ताका अनुसार फेसबुक र इन्स्टाग्राम अकाउन्ट अचानक लगआउट भयो, त्यसपछि लग इन गर्ने प्रयास गर्दा त्यो सफल हुन सकेन । 

यस विषयमा मेटा कम्पनीले फेसबुकको मुख्यालयमै आएको प्राविधिक समस्याका कारण यस्तो भएको जनाएको छ । समस्या आएको केही समयपछि नै मेटाका प्रवक्ता एन्डी स्टोनले सामाजिक सञ्जाल एक्समार्फत् कम्पनीमा प्राविधिक समस्या आएको र समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिनुभएको थियो ।

मेटाको सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम अहिले चल्न थालिसकेको छ । केही समय फेसबुक बन्द हुँदा धेरैले ह्याकरले आक्रमण गरेको हुनसक्ने सम्मको अनुमान गरेका थिए । यसैबीच सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले सामाजिक सञ्जाल वेबसाइट फेसबुक र इन्स्टाग्राम डाउन भएको भन्दै आलोचना गर्नुभएको थियो।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया