सेती नदीमा हराएका सशस्त्र प्रहरीको शव १७ दिनपछि भेटियो

 मंसिर २, २०७५ आइतबार १८:२४:७ | डीबी बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बझाङ – सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी जावनको शव भेटिएको छ ।

कात्तिक १५ गते बिहीबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका कञ्चनपुर बेलौरी नगरपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको थियो ।

बेपत्ता भएका बुढाको खोजीका लागि काठमाडौंदेखि गोताखोरको टोली समेत बझाङ पुगेको थियो । सदरमुकाम चैनपुरको सिमलको रुख नजिकै भएर बग्ने सेती नदीमा नुहाउने क्रममा बुढा बेपत्ता हुनुभएको थियो ।

आइतबार दिउँसो बेपत्ता भएको ठाँउबाट नै शव बाहिर निस्किएको सशस्त्र प्रहरी जवानले नै देखेको र शवलाई पिछा गर्दै जाँदा देवल एरपोर्ट नजिकबाट निकालिएको सशस्त्र प्रहरी जवान सुरेन्द्र सिंहले बताउनुभयो ।

शव भेटिएको बारे मृतकका आफन्तलाई जानकारी दिइसकेको र अहिले शव पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको सशत्र प्रहरीका डीएसपी भुवनराज पन्तले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया