एक कल फोन गर्न एक दिनकाे पैदल यात्रा

 मंसिर ४, २०७५ मंगलबार ७:४६:२९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको हिमाली भेग साइपाल गाँउपालिकाको ५ गाउँका १ हजार ५ सय भन्दा बढी बासिन्दा अहिले पनि एक कल फोन गर्न एक दिनको पैदल यात्रा गर्न बाध्य छन् । 

धुली, लौडी, न्युना, धलौन गाउँका बासिन्दाहरु अहिले पनि घण्टौँ हिँडेर काँडाको बाझचौकामा रहेको एक मात्र भी स्याट टेलिफोनबाट गाँउपालिका बाहिर सम्पर्क गर्ने गरेका छन् । ‘घरबाट काँडा आउन एक दिन लाग्छ, फोन गर्नु पर्‍याे भने बिहानै आएर यतै बस्नुपर्छ भोलिपल्ट मात्र घर फर्किन्छौँ ।’ बलौडीका बीरजित बोहराले भन्नुभयो ।

यहाँका बासीन्दालाई फोनमा कसैसँग कुरा गर्नुपर्यो भने २ दिनको समय छुट्याउनुपर्छ । बोहरा भन्नुहुन्छ ‘पुरुषहरु घर बाहिर हुने महिलालाई झन् गाह्रो हुन्छ । बस्ने खाने समस्या हुन्छ, केटाकेटी गाईवस्तुसमेत अर्काको जिम्मा लाएर आउनु पर्छ ।’

दिनमा ३० देखि ६०/७० जनासम्म गा“उबाट फोन गर्ने मानिसहरु बा“झचौका पुग्ने गरेको टेलिफोन संचालक गोरख रोकाया बताउनुहुन्छ । वि.सं २०६६ सालमा नेपाल टेलिकम र तत्कालीन काँडा गाविसको लगानीमा जडान गरिएको भ–स्याट सेवा बेला बेलामा बिग्रने र मर्मत गर्नका लागि सदरमुकामबाटै प्राविधिक बोलाउनु पर्ने भएकोले कहिलेकाहीँ महिनौँसम्म पनि यहाँका मानिसहरु टेलिफोन सम्पर्क गर्नबाट बञ्चित हुने गरेको उहाँले जानकारी दिनुभयो ।

साइपाल गाँउपालिकाको धलौन गाउँमा २०६८ सालमा स्मार्ट टेलिकम कम्पनीले ५ वटा लाइन भी स्याट जोडे पनि एक वर्षपछि सबै लाइन बन्द भएका थिए । धलौन गाउँ पनि बाझचौकाबाट ७ घण्टाको पैदल दूरीमा छ । धलौनका सुवास बोहराले भन्नुभयो ‘तन्नेरीहरुमात्र बिहान गएर बेलुका फर्किन सक्छन् । अरुहरुले फोन गर्नु परेमा उतै बस्ने गरी जानु पर्छ ।’ 

यस्तै टेलिफोन रहेको गाउँ बाझचौका पुग्न न्युनाबाट ५ घण्टा, धुलिबाट ७ घण्टा र जिमाबाट ५ घण्टा पैदल हिँड्नु पर्ने स्थानीय बताउँछन् । 

कुनै पनि मोबाइलले सेवा सुरु नगरेको यो ठाउँमा स्थानीय बासिन्दाले एक गाउँमा एउटासम्म भए पनि भी स्याट सेवा सन्चालन गरिदिनका पहल गरे पनि कतैबाट सुनुवाई नभएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताउनु भयो ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया