लेबनानमा सञ्चार उपकरण विस्फोटको घटनाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

 असोज ५, २०८१ शनिबार १५:१५:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त राष्ट्रसङ्घले लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने पेजर र वाकी–टकी विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ । सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले नागरिकमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

लेबनानमा सञ्चार उपकरण विस्फोट भएको विषयमा छलफल गर्न अल्जेरियाको अनुरोधमा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको हो । मङ्गलवार र बुधवार हिजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरण विस्फोट हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको थियो ।

झण्डै तीन हजार जना घाइते भएका थिए । पेजर र वाकी–टकी विस्फोट हुँदा केही प्रयोगकर्ताहरू सुपरमार्केटमा किनमेल गरिरहेका थिए । कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देश नै आतङ्कित भएको थियो । उच्चायुक्त टर्कले घटनाको स्वतन्त्र र पारदर्शी अनुसन्धानका लागि आह्वान गर्नुभएको छ ।

लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् । लक्षित सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नु अघि नै विस्फोटक वस्तु जडान गरेको लेबनानको दाबी छ । इजरायलले उपकरण विस्फोटबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।    
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया