दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाद्वारा शपथ

 असोज ५, २०८१ शनिबार १८:७:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिनुभएको छ । उहाँले  उपराज्यपाल भीके सक्सेनासामु पद तथा गोपनीयताको शपथ लिनुभएको बीबीसी हिन्दीले जनाएको छ । तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएपछि आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

मुख्यमन्त्री आतिशीसँगै अरु पाँच जना मन्त्रीले पनि शपथ लिएका छन् । पाँच मध्य चार जना अरविन्द केजरीवाल नेतृत्वको सरकारकै मन्त्रीहरु रहेका छन् ।  
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया