युक्रेनसँगको युद्धमा ठूला आणविक आक्रमण शुरु गर्ने रुसको चेतावनी

 असोज १०, २०८१ बिहीबार ६:३६:२६ | एजेन्सी
unn.prixa.net

एजेन्सी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गैर–आणविक राज्यबाट आणविक हतियारको समर्थनमा भइरहेको आक्रमणलाई कसैको सहयोगमा भएको संयुक्त आक्रमण हुनसक्ने भन्दै युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्न बाध्य भएको बताउनुभएको छ । उहाँले रुसले आणविक हतियार प्रयोग गर्ने विषयमा केही नियम र पूर्व सर्तहरु परिवर्तन गर्न लागेको बताउनुभयो ।

युक्रेन एक गैर–आणविक राज्य भए पनि अमेरिका र अन्य आणविक देशबाट सैन्य समर्थन प्राप्त गरेको रुसको दाबी रहेको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी कीभले रूसमा सैन्य क्षेत्रमा लामो दूरीको पश्चिमी मिसाइल प्रयोग गर्न स्वीकृति खोजेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिकामा भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वाशिङ्गटनमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेर लामो दूरीको मिसाइल प्रयोगको प्रस्तावबारे छलफल हुनसक्ने खबरमा उल्लेख छ ।

यसअघि चीनले पनि पुटिनलाई आणविक हतियार प्रयोग नगर्न चेतावनी दिनुभएको थियो । उहाँले युद्धरत राज्यहरूले ठूला आणविक आक्रमणहरु शुरु गर्ने हो भने विनाश र विपत्ति निम्याउने जोखिम बढ्ने बताउँदै आउनुभएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया