भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

 असोज ११, २०८१ शुक्रबार ९:५:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ । विहारमा रहेका नदी र पोखरीमा धार्मिक स्नान गर्दा उनीहरू डुबेका थिए ।

बाढीका कारण १५ जिल्लामा भएको यो घटना जितिया पर्व मनाइरहेका बेला भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विहारका अधिकारीहरूका अनुसार अझै केही शव निकाल्न बाँकी छ ।

सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । अघिल्लो वर्ष पनि जितिया मनाउने क्रममा दुई दिनमा २२ जनाको डुबेर ज्यान गएको थियो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया