अमेरिकाको फ्लोरिडा राज्यमा हेलेन आँधीले जनजीवन प्रभावित

 असोज ११, २०८१ शुक्रबार १२:३८:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा रहेको छ । यो आँधी अहिले उत्तरी फ्लोरिडातर्फ आइरहेको बीबीसीले जनाएको छ । आँधीको शुरुआतमै पहिरो जाँदा एक जनाको ज्यान गएकाे छ ।

मेक्सिको खाडीबाट आउने यो आँधी अत्यन्त शक्तिशाली हो । यसले फ्लोरिडा, वाशिङ्टन डीसी र इन्डियानामा समेत प्रभाव पार्न सक्ने अनुमान रहेको छ । फ्लोरिडामा यो जमिनबाट २० फिट माथिसम्म उठ्न सक्ने खबरमा उल्लेख छ ।

हेलेन आँधीका कारण विद्यालय र पसल बन्द भइसकेका छन् । यसले ऊर्जा सङ्कटसमेत ल्याउन सक्ने चेतावनी दिइएको छ । फ्लोरिडामा झन्डै तीन लाख जना मानिस बिजुलीबिना अँध्यारोमा बसेका छन् । फ्लोरिडामा प्रशासनले सबैलाई घरमा सुरक्षित भएर बस्न सचेत गराएको छ ।

विज्ञले आँधीको गति १ सय ८० किलोमिटर प्रतिघन्टासम्म हुन सक्ने चेतावनी दिएका छन् । अहिले त्यहाँको मौसम विभागले धेरै ठाउँमा प्रभाव पार्न सक्ने चेतावनी दिएकाे छ । हेलेन आइपुग्नु अगाडि फ्लोरिडामा वर्षाले जनजीवन प्रभावित पारेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया