पूर्वरक्षामन्त्री इशिबा जापानकाे प्रधानमन्त्री बन्ने

 असोज ११, २०८१ शुक्रबार १५:२१:१ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

जापानका पूर्वरक्षामन्त्री शिगेरु इशिबा प्रधानमन्त्री बन्नु हुने भएको छ । सत्तारूढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ (एलडीपी) को नेता चुनिएसँगै पूर्व रक्षामन्त्री इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

आज भएको दलको नेताको चुनावमा ६७ वर्षीय इशिबाले दुई सय १५ र उहाँका महिला प्रतिस्पर्धी साने ताकाइचीले एक सय ९४ मत प्राप्त गर्नुभएको छ । इशिबा दोस्रो चरणको मतदानमा विजयी हुनुभएको हो । संसद्को तल्लो सदनमा सत्तारूढ एलडीपीको पूर्ण नियन्त्रण रहेको र शिगेरु इसिबा प्रधानमन्त्री बन्ने निश्चित भएको खबरमा उल्लेख छ । जापानको लोकतान्त्रिक प्रणालीमा संसद्को तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ ।

वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले पार्टीभित्र भ्रष्टाचारका काण्डको शृङ्खलाबीच अगस्टमा राजीनामा दिने निर्णयको घोषणा गर्नुभएको थियो । इशिबा आफ्नै पार्टीको आलोचना र विपक्षमा जाने नेताका रूपमा चिनिनु हुन्छ ।

उहाँले नाटो सैन्य गठबन्धनको एशियाली संस्करण र थप समान जापान–अमेरिकी सुरक्षा गठबन्धको प्रस्ताव गर्नुभएको छ । उहाँ ताइवानको लोकतन्त्रको समर्थक पनि हुनुहुन्छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया