श्रीलङ्कामा पुरानो अनलाइन भिसा आवेदन प्लेटफर्म पुनर्स्थापना

 असोज ११, २०८१ शुक्रबार १८:२६:२७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

श्रीलङ्काले पर्यटनलाई प्रोत्साहन गर्न पुरानो अनलाइन भिसा आवेदन प्लेटफर्म पुनर्स्थापना गरेको छ । श्रीलङ्काको सर्वोच्च अदालतले भिसा प्रशोधन विदेशी कन्सोर्टियमलाई आउटसोर्स गर्ने विवादास्पद करोडौं डलरको सम्झौतालाई निलम्बन गरेपछि सरकारले पुरानो भिसा प्रणालीलाई पुनर्स्थापना गरेको हो ।

पर्यटकहरूले अब भारतमा रहेको भीएफएस ग्लोबलले लिने २५ डलर शुल्क नतिरी अनलाइन भिसाका लागि आवेदन दिन सक्नेछन् । भीएफएस ग्लोबलले गएको अप्रिलमा अघिल्लो सरकारसँग आउटसोर्सिङ सम्झौता गरेको थियो ।

नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले देशको अर्थतन्त्र सङ्कटबाट बाहिर निस्कँदै गरेको अवस्थामा पर्यटन प्रवर्द्धनका लागि सरकारले पुरानै प्रणाली शुरू गरेको बताउनुभयो ।

आउटसोर्सिङ सम्झौताअन्तर्गत श्रीलङ्कामा प्रवेश गर्ने कुनै पनि विदेशीले २५ डलर भिसा प्रशोधन शुल्क भुक्तानी गर्नुपर्थ्याे । भिसा–मुक्त भ्रमणको व्यवस्था भएका देशका नागरिकले पनि शुल्क तिर्नुपर्ने भएपछि त्यसको विरोध भएको थियो ।

देशको अर्थतन्त्रमा पर्यटकको मुख्य भूमिका रहेको श्रीलङ्कामा बितेको सात महिनामा झन्डै १२ लाख पर्यटक पुगेका छन् ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया