भारतमा चक्रवाती आँधी 'दाना' ओडीशाको तटीय क्षेत्रमा बज्रिन थाल्यो

 कात्तिक ९, २०८१ शुक्रबार १२:४२:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – भारतमा चक्रवाती आँधी 'दाना' ओडीशाको तटीय क्षेत्रमा बज्रिन थालेको छ । ओडिशाका १६ जिल्लामा लगातारको वर्षाका कारण अचानक बाढी पनि आउन सक्ने भारतीय मौसम विभाग आईएमडीले चेतावनी दिएको छ ।

ओडिशाको झन्डै आधा जनसङ्ख्या यस चक्रवाती आँधीबाट प्रभावित हुने सम्भावना छ । आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार आँधी 'दाना' पछिल्लो ६ घण्टामा १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिममा सरेको र त्यसपछि केन्द्रपारा जिल्लाको भिटकर्णिका र भद्रक जिल्लाको धामराको बीचमा पुगेको छ ।

यस अवधिमा हावाको गति झन्डै १ सय १० किलोमिटर प्रतिघण्टा थियो । 'दाना' आँधीको प्रभाव ओडिशामा मात्र नभई पश्चिम बङ्गालमा पनि देखिएको छ । यस आँधीका कारण पश्चिम बङ्गालको तटीय क्षेत्रमा तीव्र हावा चलिरहेको छ र लगातार पानी परिरहेको खबरमा उल्लेख छ ।

ओडिशाका मुख्यमन्त्री मोहन माझीका अनुसार चक्रवात 'दाना' का कारण राज्यका झन्डै ६ लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । चक्रवाती आँधी 'दाना' का कारण पश्चिम बङ्गाल र ओडिशाका हवाई, रेल र सडक तीन वटै प्रकारका यातायात सेवा प्रभावित भएका छन् । सरकारले 'दाना' आँधीले गर्ने सम्भावित क्षतिपछिको राहत र उद्धारका लागि दुई सय ८८ टिम तैनाथ गरेको बताएको छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया