४ वटा प्रदेशका केही ठाउँमा छिटपुट वर्षा

 फागुन २४, २०८१ शनिबार ९:१०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – चार वटा प्रदेशका केही ठाउँमा आज बिहान छिटपुट र हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी एक/दुई ठाउँमा बिहान छिटफुटदेखि हल्का वर्षा भएको हो ।

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले पनि देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली छ । बाँकी अरू ठाउँको मौसम मुख्यतया सफा छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । काठमाण्डौमा पानी पर्ने सम्भावना छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेशका पहाडी क्षेत्रमा दिउँसो बादल लाग्ने र एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

अन्तिम अपडेट: चैत २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया