८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ
चैत ७, २०८१ बिहिबार
काठमाण्डौ – आज मार्च २० तारिख । विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइन्छ ।
यसवर्ष ‘ह्यापी माउथ इज ह्यापी माइन्ड’ नारासहित नेपालमा पनि विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ ।
मुख स्वास्थ्य अन्य अङ्गजस्तै महत्त्वपूर्ण रहेको त्रिवि शिक्षण अस्पतालका आर्थोडेन्टल विशेषज्ञ डा.संजय गुप्ताले बताउनुभयो । मुखको हेरचाह नगर्दा गम्भीर समस्या हुन सक्ने उहाँको भनाइ छ ।
उज्यालोसँगको कुराकानीमा डा.गुप्ताले नेपालमा दाँत तथा मुखसम्बन्धी समस्या बढ्दै गइरहेको बताउनुभयो । उहाँका अनुसार अहिले दाँतमा किरा लाग्नु सामान्य बनेको छ ।
मुखको अवस्था मधुमेह, कलेजो र पाचन प्रणालीका रोगहरूको सङ्केत दिन सक्छ । त्यसैले बेवास्ता गर्दा गम्भीर रोग पहिचान गर्न ढिलो हुनसक्ने डाक्टरहरु बताउँछन् ।
बालबालिकामा चिनीजन्य खानेकुराले, युवामा अस्वस्थ खानपान तथा चुरोट गुट्खा तथा सुपारी खानाले र जेष्ठ नागरिकमा गिजाको कमजोरी तथा मुख सुक्ने समस्याले असर पुर्याउँछ ।
मुख सफा नगर्दा दाँतमा किरा लाग्ने, गिजामा सङ्क्रमण हुने, मुख दुर्गन्ध आउने र मुख क्यान्सरको जोखिम बढ्ने सम्भावना रहन्छ ।
मुख स्वस्थ राख्न रेसायुक्त खाना, हरियो सागसब्जी, फलफूल खान तथा चिनी र अम्लीय पेय पदार्थ कम र चुरोट , गुट्खा, सुपारी र रक्सी नखान डाक्टरको सुझाव छ ।
यस्तै फ्लोराइडयुक्त मञ्जनले दिनको दुई पटक ब्रस गर्न, प्रशस्त पानी पिउन, हरेक ६ महिनामा दन्त चिकित्सकसँग जाँच गराउन पनि डाक्टरहरुको सल्लाह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।