खोटो संकलन गरेर राखेको ठाँउमा भीषण अागलागी, क्षतिकाे विवरण अाउन बाँकी

 पुस ३, २०७५ मंगलबार १५:४६:३१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङकाे भोपुर बजार नजिकै खोटो संकलन गरी राखेको ठाँउमा मंगलबार दिउँसाे आगलागी भएको छ । 

दिब्या रोजीन कम्पनीले जयपृथ्वी नगरपालिकाको भोपुर बजार नजिकै खोटो संकलन गरी राखेको ठाउँमा एक्कासी आगलागी भएको हो । 

आगलागीबाट नजिकै रहेका कुखुरा फार्म र अन्य टिनका टहरामा समेत क्षति भएको स्थानीय बासिन्दा रमेश केसीले बताउनु भयो । के कति कारणले आगलागी भएको हो र कस्ले आगो लगाएको हो भन्नेबारे केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


 
आगलागीबाट के कति क्षति भयो भन्ने पनि खुल्न सकेको छैन । खोटो संकलन गरी राखेको ठाँउमा आगो लागेको देखेपछि स्थानीय बासिन्दाहरुले दमकललाई खबर गर्दा चालक नजिक नभएका र दमकल समेत चिसोका कारण नचलेपछि थप समस्या भएको थियो ।

तर केही समयपछि दमकल चले पनि आगलागी भएको ४० मिनेटपछि मात्रै घटनास्थलमा पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।

आगो अझै नियन्त्रणमा लिन नसकिएको र आगो नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीहरु लागिपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, सशष्त्र प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक तथा नेपाली सेनाका प्रमुखलगायतको उपस्थिति रहेको छ ।  
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया